कार्तिक १७, २०८२
आाशा थियो अब साच्चै यत्ति हुने आधार चैँ तय हुन्छ हुन्छ:-
•विषादीयुक्त फलफुल तथा तरकारी आयातमा नियन्त्रण र आन्तरिक उत्पादनलाई प्रोत्साह गरिन्छ ।
•अखाद्य पदार्थ मिसावट भएका उपभोग्य सामाग्री आयात रोकिने कानुन बन्छ ।
•सुरक्षित पैदलयात्रा र सुरक्षीत सडक व्यवस्थापन हुने छ ।
•गुणस्तरीय खानेपानीको वितरण हुने छ ।
•सार्वजनिक कर्मचारीको काममा अपनत्व र जवाफदेहीता बढ्ने छ ।
•नेपाली उत्पादनको निर्यात बजारको खोज र राष्ट्रीय स्तरको सम्झौता हुने आधार बन्नेछ ।
•समाजका सबै पक्ष उत्साहित हुने छन् ।
•सबैलाई समान व्यवहार गर्न सुरु हुने छ ।
•व्यावसायिक तथा उत्पादनमुखि आयोजना संचालन हुन्छन र व्यावसायिक सुरक्षाको ग्यारेण्टी हुनेछ।
•समयअनुकुल पारिश्रमिक ज्ञारेण्टी रोजगार श्रृजना गर्ने मार्ग तय हुन्छ ।
•सरकारी कार्यालयमा यथेष्ट पार्किङ र मोहित प्रतीक्षालय हुन्छ । कर्मचारीका लागि मात्रका सुचना हट्छन ।
•कर्मचारी र ग्राहकको शौचालयमा भेदभाव हट्ने छ ।
•सरकारी कार्यलयमा दुर्गन्धीत शौचालय र अव्यवस्थित वातावरण देख्नु परोईन ।
•विदेशीका अगाडि नेपालीको शिर उचो हुन्छ ।
•नेपाली भएकै कारण विश्व गन्तव्यले हेर्ने नजरमा सुधार आउँछ ।
•शक्तिशाली राष्ट्रहरुमा नेपालीको on arrival visas को लागि पहल हुन्छ ।
•नेपालीको सामाजिक सुरक्षाको ग्यारेण्टी हुन्छ।
- •स्वास्थ्य र शिक्षा निःशुल्क हुने प्रणालीको विकास हुन्छ।
•नेपाल आउने जाने सबै व्यक्तिको (भारत समेत)अनलाईन दर्ता हुन्छ । जसले नेपाल र भारतमा हुनसक्ने आततायी घुसपैट नियन्त्रण हुन कोसेढुङ्गो हुन्छ ।
•हरेक नेपाली नागरिकको ग्यारेण्टी नेपाल सरकारले लिने छ ।
•र सभ्य र सुन्दर नागरिक र समाजको श्रृजना हुने छ ।
अपसोच ,
जेन-जेडको स्वच्छ प्रोटेश्टलाई भजाएर देशलाई रणसङ्ग्राम बनाएर अबोध ७८ जनाको रगत बगाएको यहि एकथान चुनावको लागि रहेछ भन्ने प्रमाणीत भै सकेको छ । जेन जेड प्रोटेष्टलाई खुलम्मखुल्ला आह्वान गरेका,गित गाएर सिमित पुस्ताविच पपुलर भएका महाँनगरको कुर्सिमा विराज भएका अर्धमानव वालेन्द्र साहले लहडमा बिध्वंस गर्न पपुलीजम लाई प्रयोग गरे, कसको ईसारामा गरे उनलाई नै थाहा होला । जेन जेड पुस्तालाई उक्साउने तत्कालीन प्रतिपक्षीहरु, सत्तारूढ दलकै प्रतिपक्षीहरु , देश विदेशमा नेपालीकै पैसाले Business Class Air ticket मा यात्रा गरि तिनिहरुकै पैसा मनोरञ्जनका नाममा लुटेका कलाकार भनिने तत्वहरु, नेपाललाई विश्वमा नकारात्मक प्रचारले चिनाउने नेपाली समाजहरु, राज्यका तथाकथित नकारात्मकमात्र देख्ने र देखाउने विश्लेषकहरु,सामाजिक संजालबाट जनमानसमा नकारात्मकता वेचि भ्युजमा डलर कमाजन लालायित पात्रहरु, चेत नखुलेका शिक्षीतहरुमा एक यक्ष प्रश्नचिह्न खडा भएको छ, के नेपाल तिमिहरुलेनै भनेको अवस्थामा छ? छ भने तिमिहरुले चाहेको नेपाल बनाउन अब अरु कति जनाले र कुन पुस्ताले प्रोटेस्टको नाममा रगत बगाउनु पर्ने हो? नेपालमा यो अवस्था आउनमा उल्लेखित तत्वहरुको कुनै भुमिका छैन?
शक्तिकेन्द्रको सिफारिस विना जरि भएको नेपालको संविधान २०७२ र आफ्नै बलबुताले हिँड्दै गरेको नेपाललाई हाल शिक्षित असाक्षरको नजर लागेरनै होला अशान्ति मच्चाउने गरेको पाईन्छ । लाग्छ नेपालको यो समाजमा अब बुद्ध नै जन्मिए भने पनि शंका नै गर्ने छन् र बुद्ध हुन दिने छैनन् । फेरि पनि नेपाली जनता भ्रममा परे ।
आशा छ यिनै बिध्वंस गर्न आह्वान गरेकाबाटनै लहडमा हाम्रो देश नेपाल निर्माण गर्न आह्वान होस प्रोटेष्ट जस्तै ।
( बिशाल काफ्ले खत्री राष्ट्रिय युवा संघ नेपालका नेता हुन्। )
Published :कार्तिक १७, २०८२