आईसिसी विश्वकप लिग–२ : घरेलु मैदानमै अमेरिकासँग युएईको लज्जास्पद पराजय

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८२

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट हुँदै २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २९३ रन बनाएको थियो । उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । मुकमल्लाले १३७ रन बनाउँदा कुमारले १२३ रन बनाए । दुवै ब्याट्सम्यानले २६४ रनको ऐतिहासिक साझेदारीसमेत गरेका छन् । अमेरिकी क्रिकेटमा शतकको साझेदारी गरेका ब्याट्सम्यान नटआउटसमेत रहे ।

२९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएर मात्र ४९ रन बनाउँदै लज्जास्पद हारको सामना गरेको हो ।


Published :कार्तिक १८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media