आजको मौसमः पश्चिमी भूभागमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज (मंगलबार) र भोलि (बुधबार) दुई दिन वर्षा र हिमपातको सम्भावना छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ ।

विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंबाट पूर्वतिर यसको प्रभाव सम्भावना औँल्याइएको छैन । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गएको बिहीबार (कात्तिक १३)देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा भएको थियो । त्यसयता मौसम पूर्णरूपमा सफा भइसकेको छैन ।


Published :कार्तिक १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media