हङकङ सिक्सेसः यूएईद्वारा नेपाललाई १३० रनको चुनौती

राष्ट्रपाटी न्युज

कार्तिक २३, २०८२

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३० रनको चुनौती दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको हो ।

उसका लागि निलांश केसवानीले १० बलमा अर्धशतक बनाए । उनले १५ बल खेल्दा १० छक्का र तीन चौका हिकाउँदै ७३ रन बनाए ।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।


Published :कार्तिक २३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media