१२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रपाटी न्युज

कार्तिक २३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत असोज ७ र ८ गते सम्पन्न परीक्षामा कुल १ लाख ४ हजार २६ विद्यार्थी सहभागी भएका थिए, जसमा ७६ हजार ३६७ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ४ जना विद्यार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ।

यसअघि गत साउन ११ गते प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।

विद्यार्थीहरूले पूरक परीक्षाको नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।


Published :कार्तिक २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media