
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।
महाधिवेशन कै सन्दर्भमा अहिले विभिन्न अनौपचारिक छलफलहरु हुन थालेका छन्। आगामी मङ्सिर ९ गते काठमाडौं क्षेत्र नम्बर ४ एक र दुइ दुवै क्षेत्रवाट उम्मेदवारी दिनेहरु उम्मेदवारी घोषणा गर्न थालेका छन्। मुख्य कुरा केन्द्रिय परिश्थिति कसरि बिकास हुन्छ भन्ने कुराले निर्धारण गर्ने र सहमतिको सट्टा चुनावी प्रक्रियाबाट प्रतिनिधि चयन हुने सम्भावना प्रवल रहेको छ।
केन्द्रिय अध्यक्षको रुपमा बर्तमान अध्यक्ष केपी शर्मा वली नै अगाडी सर्ने परिश्थिति बनेको र बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले समेत अध्यक्षमा उम्मेदवारी दिने भएपछी अहिले एमाले भित्रको आन्तरिक राजनीतिक समिकरणमा तरङ्ग आएको छ। पुर्व राष्ट्रपति विधा भण्डारीको पार्टी सदस्यता नबिकरण नगरिएपछि इश्वर पोखरेलले नै वलीलाई काउन्टर दिने अबस्था बनेको देखिन्छ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि चयनका लागि स्पस्ट दुइ समुह बन्ने र ति समुह बिचमा चुनावी प्रतिष्पर्धा हुने अबस्था बन्दै गएको एक जना जिल्ला कमिटि सदस्यले बताएका छन्। डा राजन भट्टराईको क्षेत्र भएका कारणले समेत यदि उनि केन्द्रिय सचिवमा उम्मेद्वारी दिने अबस्था बनेमा यस क्षेत्रवाट केपी वली समर्थित संस्थापन समुहका प्रतिनिधिहरु चयन हुने अड्कल गरिएपनि परिश्थिति सहज भने छैन। जिल्ला अध्यक्ष दीपक निरौला सहितको अर्को पक्षको प्रभाव समेत यस क्षेत्रमा राम्रो देखिन्छ।
१७ सय भन्दा धेरै संगठित सदस्य रहेको यस क्षेत्रमा दुइ समुह बिच सहमतिको प्रयास सफल नभएमा चुनावी प्रक्रिया अगाडी बढ्नेछ। हालको परिस्थितिमा अत्यन्त न्यून मतदान हुने सम्भावना रहेको देखिन्छ।
हालसम्म महाधिवेशन प्रतिनिधिको लागि उद्दव प्रसाद खरेल ,मिठाराम अधिकारी, जयराम थापा , विदुर विक्रम खड्का , राजन कुमार पोख्रेल ,केदार राज पुडासैनी,शिव प्रसाद भट्टराई ,गोबिन्द कटुवाल ,नवराज भट्टराई , शम्भु प्रसाद भट्टराई ,सरस्वति कार्की, तेज ढकाल ,धुर्ब राज न्यौपाने, धुर्व प्रसाद भट्टराई, रामशरण सापकोटा,धर्म श्रेष्ठ,प्रकाश कटुवाल, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुको नाम चर्चामा छ।
त्यसमध्ये प्रदेश मंत्री जयराम थापा, क्षेत्रीय संयोजक राजन कुमार पोख्रेल, केदार राज पुडासैनी लगायत संस्थापन केपी वली पक्षमा स्पस्ट खुलेको देखिन्छ भने नेता उद्दव प्रसाद खरेल ,शिव प्रसाद भट्टराई लगायत भने केपी वलीको बिकल्पमा जानुपर्ने पक्षमा खुलेका छन्।
यसैविच बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले समेत सहमतिको वातावरण नबने आफू चुनाव लड्ने र जित्ने दावी गरेका छन्।