दल दर्ताको समय चार दिन थप्ने आयोगको निर्णय

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप्ने निर्णय गरेको छ । आयोगले मंसिर १४ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो ।

आयोगले दल दर्ताको समय मंसिर १० गतेसम्मका लागि तोकेको थियो । आज अन्तिम समय भनिए पनि दल दर्ता हुने क्रम जारी रहेकाले आयोगले थप चार दिन थप्ने निर्णय गरेको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको चाप अझै रहेकाले समय थप गरिएको बताए ।


Published :मंसिर १०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media