पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकुको मृत्यु

राष्ट्रपाटी न्युज

मंसिर ४, २०८२

इस्लामावाद । अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ।

लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको हो ।

पाकिस्तानले आतङ्कवादविद्धको आक्रमण जारी राख्ने बताएको छ । गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा भएको लडाइका भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ। (रासस/एएफपी)


Published :मंसिर ४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media