
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भैसकेको छ।
यसैबीच काठमाडौं क्षेत्र नं ४ मा ५४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन्। त्यसमध्ये महिला समूहबाट सरस्वती कार्कीले उम्मेद्वारी दिएकि छन् ।
२०४६ सालबाट धनुषाको वेगाडावर स्कुलबाट राजनीतिक यात्रा शुरु गरेकी कार्की २०४८ सालपछि काठमाडौं महानगरपालिकाको बासिन्दाको रुपमा नेकपा एमालेमा निरन्तर सक्रिय छिन। २०५५ सालदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा टोल कमिटि ,वडा कमिटि ,क्षेत्रीय कमिटि हुँदै तिन कार्यकाल सम्म निरन्तर जिल्ला कमिटि सदस्यको जिम्वेवारिमा छिन। हाल उनि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ मा सचिवको भूमिकामा छिन।
आफु निरन्तर पार्टीको पक्षमा सतिसाल झैं जिम्वेवारिमा रहेकोले सहमति नभए आगामी मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको निर्वाचनमा सहयोग गर्न काठमाडौं क्षेत्र नं ४ का सम्पूर्ण पार्टी सदस्यहरुलाई उनले अनुरोध गरेकि छन् ।