यू–१९ प्रिमियर कपः सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दै

राष्ट्रपाटी न्युज

मंसिर १३, २०८२

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।


Published :मंसिर १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media