
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका अन्तर्गत रहेको खेलकुद बिकास बोर्डले पूर्णता पाएको छ।
आज एक समारोहमा बुढानीलकण्ठ खेलकुद बिकास बोर्डका नवनियुक्त उपाध्यक्ष दिपक तामाङ्ग सहितका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बुढानीलकण्ठ नगरपालिकामा आयोजित एक समारोहमा बुढानीलकण्ठ खेलकुद बिकास बोर्डका अध्यक्ष सुमन तामाङ्गले नवनियुक्त पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण समारोहको अध्यक्षता बुढानीलकण्ठ खेलकुद बिकास बोर्डका अध्यक्ष सुमन तामांगले गरेका थिए भने कार्यक्रम संचालन बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले गरेका थिए। कार्यक्रममा नगर प्रवक्ता नबराज भट्टराई तथा बोर्डका अध्यक्ष सुमन तामांगले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा बुढानीलकण्ठ – ६ का वडाध्यक्ष रवि खड्का लगायतको उपस्थिति रहेको थियो।
बुढानीलकण्ठ खेलकुद बिकास बोर्डका अध्यक्ष सुमन तामाङ्गले केहि दिन अघि नै नगर प्रमुख मिठाराम अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।
बुढानीलकण्ठ नगरपालिका अन्तर्गत रहेको खेलकुद बिकास बोर्डका पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ।
अध्यक्ष – सुमन तामाङ्ग
उपाध्यक्ष – दिपक तामाङ्ग
सदस्यहरु –
सुरज श्रेष्ठ,सुशिला रम्तेल ,निमेश थापा, सुमन लामा, सन्तोषी श्रेष्ठ,जमुना पाण्डे ,बिराज राना ,राजेश श्रेष्ठ ,दिल कुमारी बि.क ,दिपक लामा ,बद्री खड्का,अजय कुईंकेल,संजय श्रेष्ठ।।