टाइगर कप भलिबलको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी र पर्वत भिड्दै

पोखरा । छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्।

खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्।

गण्डकीले २५–२१,२२–२५, २५–२२, २३–२५ र १५–१३ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । यो खेलमा गण्डकीले २ अंक प्राप्त गर्दा पर्वतले १ अंक पाएको थियो ।

गण्डकी ५ खेलबाट ११ अंकका साथ पहिलो स्थानमा रहँदा १० अंक जोडेको पर्वत दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

यसअघि बिहान ११ बजे तेस्रो स्थानका लागि हुने खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।


Published :माघ १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media