
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन जोडेको हो ।
सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी ओपनर क्रिस लिन हुन् । उनले ५६ बलमा ७५ रन जोड्न ५ चौका र ३ छक्का प्रहार गरे । खेल १७ ओभरमा पुगेपछि उनी रिटायर्ड आउट भए ।
ओपनर विनोद भण्डारीले २१, पुनीत मेहराले १३, अरिफल शेखले अविजीत २४ र दीपेन्द्रसिंह ऐरी अविजीत २४ रन जोड्दा सुदूरपश्चिमले १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।