नेपाल ह्यान्डबल संघको अध्यक्षमा तिमिल्सिना,उपाध्यक्षमा मिठाराम अधिकारी

राष्ट्रपाटी न्युज

मंसिर २१, २०८२

काठमाडौँ। नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षहरूमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए ।
उपाध्यक्ष अधिकारी बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख हुन् ।

यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भएका थिए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको बताईएको छ।

संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए ।


Published :मंसिर २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media