बुढानिलकण्ठ नगर अस्पतालको कमाइ तिन करोड,आज प्रसुती सेवा उद्घाटन

राष्ट्रपाटी न्युज

मंसिर २२, २०८२

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगर अस्पतालमा प्रसुती सेवा उद्घाटन समारोह सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री अमन मास्के प्रमुख अतिथिको रुपमा रहेका थिए। उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मिना पराजुली,बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, छिमेकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडाध्यक्षहरु, वडा सदस्यहरु ,राष्ट्रसेवक कर्मचारीहरु , महिला स्वास्थ्य स्वयम्सेवीकाहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

नगर उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कलाकार एबम स्वास्थ्यकर्मी राधिका ढकालले स्वागत गीत प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री अमन मास्केले रिवन काटेर प्रसुती सेवा कक्षको उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री अमन मास्के,बागमती प्रदेशसभा सदस्य मिना पराजुली तथा नगर प्रमुख मिठाराम अधिकारीले आफ्नो मन्तव्य राखेका थिए।

नगर अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद पोखरेलले नगर अस्पतालको बारेमा संक्षिप्त रुपमा प्रकाश पार्दै प्रगति विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार अस्पतालमा दैनिक औसत सेवाग्राही संख्या २०० भन्दा बढी रहेको छ। २०८१ साल बैशाख १ गते उद्घाटन भएको अस्पतालबाट हालसम्म ३९,८४३ जनाले सेवा लिएको, आर्थिक वर्ष २०८०/८१ ,८१/८२ र ८२/८३ को हालसम्मको जम्मा आम्दानि ३,०१,६४,६५६ /- ( तिन करोड एक लाख चौसठ्ठी हजार छ सय छपन्न मात्र ) रहेको जानकारी दिइएको छ।

 

 


Published :मंसिर २२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media