यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन।

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ।

काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।


Published :मंसिर २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media