
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ। सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमको विशेष अबसरमा वडा भित्र सक्रिय ८ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई मायाको चिनो तथा प्रमाण पत्र सहित सम्मान गरिएको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को कार्यालय चपली घुम्तीको सभाहलमा आयोजित उक्त विशेष समारोहमा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए। सम्मानित हुनेहरुमा अप्सरा आले मगर ,विन्दु श्रेष्ठ ,सुदिना लामा ,लक्ष्मी अधिकारी ,देवकी खरेल ,लक्ष्मी श्रेष्ठ ,रमिला खड्का तथा मायादेवी पाठक रहेका छन्।
वडाध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्यहरु पार्वती श्रेष्ठ ,राम विनोद लामिछाने ,राजकाजी श्रेष्ठ ,वडा सचिव दिपक विसी ,जनस्वास्थ्य निरीक्षक रेनुका ढकाल ,समाजसेवी ज्ञानु कार्की थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा सदस्य राम विनोद लामिछाने ,जनस्वास्थ्य निरीक्षक रेनुका ढकाल लगायतले आफ्नो मन्तव्य राखेका थिए।
स्वस्थ समुदायको निर्माण , महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान भन्ने नारा सहित यो बर्षको राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस मनाइएको छ।