
काठमाडौं । ANFA ,चाइल्ड नेपाल र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा मानव अधिकार दिवस र महिला हिङ्सा बिरुद्दको १६ दिने अभियानको समापनको अवसर पारेर किशोरिहरुको छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल ANFA football ground सातदोबाटोमा सम्पन्न भएको छ ।
उक्त खेलमा बुढानिलकण्ठ-१० मा रहेको नेपाल चार्टर आधारभुत बिद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ। फाइनल प्रवेश गरेका चारवटा सामुदायिक बिधालयहरु मध्य द्वितीय स्थान श्रीराम आधारभूत विधालय , बुढानिलकण्ठ-५ , तृत्तिय स्थान आत्मा बिकास आधारभूत विधालय बुढानिलकण्ठ – ३ र सान्त्वना जनउद्दार मा वि बुढानिलकण्ठ-१३ ले प्राप्त गर्न सफल भएका छन्।
नेपाल चार्टर आधारभूत विधालयले गत सालको प्रतियोगितामा पनि जुनियर छात्रा तर्फको बिजेता बन्न सफल भएको र यो सालको सोही प्रतियोगितामा पनि आफ्नो उत्कृष्टता कायम राख्न सफल भएको प्रधानाध्यापक बलराम फुयाँलले जानकारी दिएका छन् ।