
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको हो।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट भए। कप्तान रोहित पौडेल ३० बलमा २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए।
यस्तै निरोशन डिकवेलाले २९ रन बनाउँदा सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट भए। यस्तै दिलीपन नाथ १ रन र शेर मल्लले ७ रन बनाए।
विराटनगरका लागि सुभाष भण्डारी, सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गरे। सुभाष र प्रतिशले ३र३ विकेट लिँदा सन्दीपले २ विकेट लिए।
आजको खेल जित्ने टिमले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।