एनपीएल फाइनलमा रोहितको ह्याट्रिक

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८२

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक पूरा गरेका छन्।

उनले १०.४ मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीको विकेट लिए। उनी १३ रनमा रुबेन ट्रम्पलमेनको हातमा क्याच भए।

दिपक बोहोरा र पुनित मेहरा डक आउट भए। ११ ओभरको खेल सकिँदा सुदूरपश्चिम रोयल्स ६ विकेटको क्षतिमा ४४ रन बनाएको छ।

जारी संस्करणको यो दोस्रो ह्याट्रिक हो। यसअघि काठमान्डु गोर्खाजका स्पिनर साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। यो एनपीएल इतिहासको दोस्रो ह्याट्रिक हो ।

Published :मंसिर २७, २०८२

Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media