एनपिएल सिजन–२ मा तीन खेलाडीले जिते बाइक, कुन खेलाडीले के जिते ?

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले बाइक पाएका हुन् ।

प्रतियोगितामा बेस्ट राइजिङ खेलाडीले बनेर शेरले बाइक पाएका हुन् । बाइक पाएपछि उनले भने, ‘यो मेरो जीवनकै पहिलो बाइक हो ।’

विजेत टोलीका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते । उत्कृष्ट बलर बन्दै सन्दीपले बाइक पाएका हुन् ।

नेपाल क्रिकेट संघले यो पुरस्कार प्रदान गरेको हो ।

कुन खेलाडीले के जिते ?

१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी घोषित, पाए ओमोडा कार

२. लुम्बिनी लायन्सका शेर मल्ल बने प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी, पाए पल्सर बाइक

३. लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, पाए ५ लाख पुरस्कार

४. विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने बने प्रतियोगिताको उत्कृष्ट बलर, पाए पल्सर बाइक

५. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित, पाए पल्सर बाइक


Published :मंसिर २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media