आइसीसी टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको हो।

क्यानका अनुसार पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु हुनेछ । यही प्रशिक्षणका आधारमा विश्वकपका लागि अन्तिम टोली छनोट गरिनेछ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको समूह चरणका सबै खेल भारतको वान्खडे रंगशालामा आयोजना हुनेछन् ।


Published :पुस ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media