
बुढानिलकण्ठ। FIDE World Rapid & Blitz Chess Championship मा नेपालको तर्फबाट सुश्रुत दाहाल सहभागी हुने भएका छन्। यही डिसेम्बर २५ देखि ३१ सम्म कतारको राजधानी दोहामा उक्त प्रतियोगिता आयोजना हुने भएको छ। उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी सुश्रुत दाहाललाइ आज बुढानिलकण्ठ नगरपालिकाले सफल सहभागिताको कामनासहित विदाई कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले दाहाललाई बुढानिलकण्ठ नगरपालिकाको झण्डा हस्तान्तरण गर्दै माला र खादा सहित विदाई गरेका थिए। उक्त समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला , नगर प्रवक्ता एवं बुढानिलकण्ठ-१० का वडाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।
FIDE World Rapid & Blitz Chess Championship मा नेपालको तर्फबाट सहभागी हुने सुश्रुत दाहाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का स्थानीय बासिन्दा हुन्।