नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेर ४५१ .०७ विन्दुमा पुगेको छ।

यसदिन ३२३ स्क्रिप्सको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख ९७ हजार २९४ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सान्भी इनर्जीको सेयर ९.१६ प्रतिशतले बढ्दा सागर डिस्टिलरी र युनाइटेड आइडीआई आरबी हाइड्रोपावरको सेयर ७/७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। श्रीनगर एग्रिटेक इन्ड्रिज र बन्दीपुर केवलकारले २२/२२ करोडको सेयर कारोबार गर्दा एनआईसी एसिया बैंकले २१ करोड र सागर डिष्टिलरले १८ करोडको कारोबार गरे।

कारोबारमा आएकामध्ये ७९ वटा स्टक्सको मूल्य बढ्दा १७१ वटाको घट्यो। ९ स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिए। होटल्स ,मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी १० वटा समूहको उपसूचक घटेका हुन्।


Published :पुस २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media