
काठमाडौं । तिनकुनेको गैरीगाउँस्थित काठ गोदाममा आगलागी भएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठ गोदाममा आगलागी भएको हो।
प्रहरीका अनुसार ईश्वरबहादुर कार्कीको काठ गोदाममा आगलागी भएको हो। विदेशबाट फर्निचरसम्बन्धी सामान आयात गरेर उक्त गोदाममा राखिएको प्रहरीको भनाइ छ। क्षति विवरण भने खुलेको छैन।
अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।