नेप्सेमा उच्च अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा करिब ३६ अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा अडिएको थियो।

नेप्से घटे पनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ४ अर्ब ७७ करोड बराबरको कारोबार भयो।

यसदिन ३४८ वटा स्क्रिप्सको  १ करोड ३५ लाख ८२ हजार  ३२० कित्ता सेयर ४ अर्ब ७७ करोड  ३८ लाख ५७ हजार ६५७ रुपैयाँमा खरिदबिक्री भए।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार  हुँदा रसुवागढी हाइड्रोपावरको सेयर १५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा  चिलिमे हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो हाइड्रोपावरले २० करोड मूल्य बराबरको कारोबार गर्‍यो।
सानिमा मिडल तमोर हाइड्रोपावरले १९ करोडको कारोबार गर्दा साहास उर्जाले १६ करोड,सोलु हाइड्रोपावरले १५ करोड र रिडी पावरले १२ करोड मूल्य बराबरको कारोबार गरे।

कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २५२ वटाको  घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजारमा उच्च अंकको गिरावट आउँदा १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।


Published :भदौ १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media