काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ।

आज (बुधबार) साँझ शङ्खरापुर नगरपालिका-३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ। घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ।’ उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए।


Published :पुस २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media