एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको दर्खास्त आह्वान

काठमाडौं । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लाख ३३ हजार २८० जना निर्वाचन प्रहरी माग गरेको हो।

इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयहरू मार्फत बुझाउन सकिनेछ।

भर्नाका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, नैतिक आचरण कायम भएको हुनुपर्ने लगायत योग्यता तोकिएको छ।


Published :पुस २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media