उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान नियुक्त

काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।


Published :पुस २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media