
काठमाडौँ । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले उक्त जानकारी दिनुहुँदै आयोगले सहकारी क्षेत्रमा देखिएका अनियमितता, कमजोरी र संरचनागत समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताए ।
यसैगरी, मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सरकारले नेपालमा मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा बाट विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिए ।