स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताए ।

“आवश्यक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उनले भने । डा. काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएको थियो ।


Published :माघ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media