
काठमाडौं । दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि बढ्ने बाटो खोलिएको छ ।
थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले दर्ता गराएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई निरन्तरता दिने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब थापालाई कांग्रेस सभापतिका रुपमा आफ्ना कार्यलाई निरन्तरता दिने वैधानिक बाटो पनि खुलेको छ।
पोखरेलको इजलासमा नवौँ नम्बरको पालोमा रहेको उक्त रिटमा मंगलबार दिनभर भएको सुनुवाइपछि यो आदेश आएको हो।आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरूले आइतबार रिट हालेका थिए ।