बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको अध्यक्षमा सुमन तामाङ्ग

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको अध्यक्षमा सुमन तामाङ्ग चयन भएका छन्। बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहमा नवनियुक्त अध्यक्ष तामाङ्गलाइ नगर प्रमुख मिठाराम अधिकारीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

तामाङ्ग लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन्। काठमाडौ जिल्ला तथा बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा खेलकुदको विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ।

बिगत धेरै बर्षदेखि जनप्रतिनिधिको भूमिकामा रहेका तामाङ्गको सहयोग र नेतृत्वमा धेरै खेलाडीहरुले राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै धेरै पदकहरु समेत जितेको देख्न सकिन्छ।

त्यसैगरि बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको उपाध्यक्षमा दिपक तामाङ्ग चयन भएको बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ। तामाङ्ग युवा खेलाडी एवं बुढानिलकण्ठ युवा परिषद्का सदस्य पनि हुन्।

 


Published :माघ १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media