
काठमाडौं – नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको संयोजनमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ । नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक बिजय न्यौपानेले सो जानकारी गराएका हुन् ।
उनका अनुसार खेलकुद सप्ताह विद्यालय तहमा चौतर्फी बिकासका साथै अनुशासन तथा नेतृत्व क्षमताको विकास गराउने उदेस्यले आयोजना गरिएको हो ।यस वर्षको खेलकुद सप्ताहमा नेसनल प्याब्सन काठमाडौंका सदस्य विद्यालयले विविध खेलमा सहभागिता जनाउनेछन् ।
खेलकुद सप्ताह अन्तर्गत यस वर्ष पुर्व प्राथमिक तहदेखि अब्स्ट्याकल गेम फुटसल, बास्केटबल, टेबल टेनिस , तानडोरी तथा मार्चपास सहित चार विधामा प्रतिस्पर्धा हुनेछ।उद्घाटनका दिन १००० भन्दा बढी विद्यार्थीले मार्चपासमा सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्कसहित भाग लिन सक्ने व्यवस्था गरिएको छ।
सम्पुर्ण प्रतियोगिताको लागि प्रति बिध्यालय जम्मा रु ५००० शुल्क तोकिएको बारेमा बिजय न्यौपानेले जानकारी दिए । खेल संचालनका लागि जिम्मेवारी पनि तोकिएको छ।
मार्चपासका लागि किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोबिन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, अब्स्टयाकलका लागि प्रकाश अधिकारी , तानडोरीका संयोजक राम प्रसाद काफ्ले र टेबल टेनिस सयोजक ईस्वर केसी रहनेछन् ।
खेलकुद सप्ताह प्रतियोगिताको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा न १० मा रहेको ह्याण्डबल ग्राउण्डमा आयोजना हुनेछ साथै तानडोरी र अब्स्ट्याकल गेम पनि सोहि स्थानमा आयोजना हुनेछ भने फुट्सल प्रतियोगिता साम्तेन स्कुल कपन, तिरुपति स्कुल / कलेजमा बास्केटबल, पिक प्वाईन्ट पब्लिक स्कुलमा टेबल टेनिस आयोजना हुनेछ ।
खेलकुद सप्ताहको उद्घाटन समारोह माघ १३ गते मङ्गलबार बिहान १०:०० बजे ह्याण्डबल ग्राउण्ड कपनमा नेसनल प्याब्सनका सस्थापक तथा बर्तमान अध्यक्ष साथै सबिधान सभाका माननिय सदस्य गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम रहेको छ। समापन समारोह तथा एस ई ई मोटिभेसन कार्यक्रम संयुक्त रुपमा आयोजना गरेर पुरस्कार वितरण गरिनेछ । कार्यक्रम सञ्चालनका लागि करिब रु ५ लाख १५ हजार खर्च हुने अनुमान गरिएको छ। प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिने बारेमा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारीले जानकारी दिएका छन्।