तामाकोसी बस दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, ७ घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइयो

रामेछाप । तामाकोसीमा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। मृतक मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । ती मध्ये गम्भीर घाइते ७ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन् ।

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो।


Published :माघ २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media