
काठमाडौं। भोटखोला, नामासे संखुवासभामा स्थायी ठेगाना भएका सक्रिय युवाहरुले नेतृत्व गरिरहेको नामासे युथ क्लब (NYC) ले चौथो ल्होसार कप पुरुष / महिला फुटबल प्रतियोगिता आयोजना गरेको छ। यही माघ २७ गते देखि फागुन ४ गते सम्म काठमाडौंको बुढानिलकण्ठ १० स्थित कपन आकाशेधारा ह्याण्डबल ग्राउण्डमा प्रतियोगिता संचालन भैरहेको छ।
उक्त प्रतियोगिताको उद्घाटन समारोह आज सम्पन्न भएको छ। नेकपा एमालेका सचिव डा राजन भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु,आयोजक नामासे युथ क्लबका पदाधिकारी तथा सदस्यहरु,संखुवासभाका विभिन्न राजनीतिक एवं सामाजिक व्यक्तित्वहरु, भोटखोलाका स्थानीयहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो।
यही माघ २७ गते देखि फागुन ४ गते सम्म संचालन हुने प्रतियोगितामा महिला तर्फ १२ समुह तथा पुरुष तर्फ जम्मा ३५ समुह सहभागी रहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा बिजेता बन्न सफल समुहहरुलाई नगद पुरस्कार सहित मेडल एवं शिल्डले सम्मान गरिने आयोजकले जानकारी दिएको छ।
