सेयर बजारसँगै बढ्यो कारोबार रकम

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार(माघ २९) मा सेयर बजार ८९७ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन नेप्से परिसूचक २६७१।०७ विन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको कारोबार भयो । १३९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो । यसैगरी ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

दुई करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ११ अर्ब १० करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन आठ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको किनबेच भएको थियो ।

मध्य भोटेकोसी जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः रसुवागढी हाइड्रो, खानीखोला हाइड्रो, श्रीनगर एग्रिटेक र सान्जेल जलविद्युत् कम्पनीको मूल्य बढेको छ ।


Published :माघ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media