नेपाली कांग्रेसका युवा नेता भिम तामाङ एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन ४, २०८२

दोलखा। नेपाली कांग्रेसका युवा निर्वाचन परिचालन कमिटी, वागमती प्रदेश सदस्य तथा वडा नं. ४ का तरुण दल सभापति भिम तामाङसहित बिगु गाउँपालिकाका सक्रिय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

बिगु गाउँपालिकामा आयोजित एमालेको विशाल भेलामा सयौँको संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङले नवप्रवेशीहरूलाई स्वागत गर्दै विकास, समृद्धि र स्थायित्वका लागि एमालेको अभियानमा एकजुट हुन आग्रह गरेका थिए ।


Published :फाल्गुन ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media