टी-२० विश्वकपः आज नेपाल र स्कट्ल्याण्ड भिड्दै, सुखद अन्त्यको खोजीमा नेपाल

राष्ट्रपाटी न्युज

फाल्गुन ५, २०८२

मुम्बइ । आईसीसी टीट्वेन्टी विश्वकपमा अघिल्ला ३ खेल हारेर समूह चरणबाट नै बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेल जित्दै विश्वकप २०२६ को सुखद अन्त्य गर्न चाहन्छ। मुम्बईको वाङ्खेडे स्टेडियममा चारै खेल खेल्ने अवसर पाएको नेपालले समूह चरणका ३ खेलमा भने हार बेहोरिसकेको छ।

नेपालले समूह कचरणको अन्तिम खेल स्कटल्यान्डसँग नेपाली समयानुसार ७:१५ मा खेल्नेछ। नेपालले समूह सीमा रहेर सम्पूर्ण खेल वाङ्खेडे मैदानमा खेल्ने अवसर पायो। नेपालले समूह चरणको अन्तिम खेल साँझको समयमा खेल्दैछ। वाङ्खेडे मैदानको पिच स्पिन पिच हो। तर, साँझमा खेल्दा शीतले भिजेको रातो माटोको पिचमा बलरहरूलाई बलिङ गर्न केही अप्ठ्यारो पर्न सक्छ। अन्तिम खेलमा सकरात्मक नतिजा निकाल्न नेपालले ब्याटिङलाई सुधार गर्नैपर्ने दबाब छ ।

विशेषतः पावरप्लेमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा नेपालका लागि जारी विश्वकपको अन्तिम खेल सकरात्मक नतिजासहित समापन हुन सक्छ। नेपालले जारी विश्वकपमा समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले हारेको थियो। यो खेलमा नेपालले निकै राम्रो प्रदर्शन गरेको थियो। त्यसपछि इटालीसँगको खेलमा १० विकेटले हारेको नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले हार्दै समूह चरणमा नै आफ्नो यात्रा सीमित राखेको हो।

नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगितालाई राम्रो नतिजासहित र महत्वपूर्ण २ अंकसहित बिदा गर्न चाहन्छ। नेपालका ब्याटिङ कन्सल्टेन्ट (ब्याटिङ प्रशिक्षक) निक पोथस भन्छन्, ‘नेपालले जुनमा स्कटल्यान्डको शृंखला खेल्नाले हामी उनीहरूका प्रायः खेलाडीलाई राम्रोसँग चिन्छौं। स्कटल्यान्ड पनि निकै राम्रो क्षमता भएको टिम हो। हामी रणनीतिसहित नतिजा निकल्ने तयारीमा हुनेछौं।’ यो विश्वकपमा राम्रो नतिजासहित लिग २ को एकदिवसीय खेलमा टिमलाई लिएर जाने तयारीमा रहेको उनले बताए।

‘स्कटल्याडसँग अंक बटुल्दै हामी एकदिवसीय क्रिकेटमा सकरात्मक नतिजासहित जान चाहन्छौं।’ पोथसले प्रिम्याच प्रेस कन्फ्रेन्समा भने। नेपालले मानसिक दबाब र टेस्ट राष्ट्रसँगको एक्सपोजरका कारण विश्वकपमा नराम्रो खेलिरहेको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘रणनीति मैदानमा लागू हुँदाको असाध्यै राम्रो उदाहरण इङ्ल्यान्डसँगको खेल हो भने रणनीति मैदानमा लागू नहुनुको उदाहरण इटालीसँगको खेल हो।’ नेपाली क्रिकेट टिमले यससहित तेस्रो विश्वकप खेल्यो। तेस्रो विश्वकपमा समेत नेपाली टिमले पहिलो विश्वकपमा २ खेलको जितलाई नै विश्वकपमा नेपालले जितेको दोस्रो जित हो। माथिल्लो स्तरको क्रिकेट खेल्न नेपाली टिमले धेरै महत्वपूर्ण हुनेछ।

नेपालले टीट्वेन्टी विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलको प्रतिस्पर्धी स्कटल्यान्डले दोस्रो खेलमा इटालीलाई ७३ रनले हराएको थियो।

स्कटल्यान्ड समूहमा १ जित दर्ता गरेको छ। समूहको अन्तिम खेलमा पनि जित निकाल्न नसकेको खण्डमा नेपाल समूह ‘सी’ बाट समूह चरणमा अंकविहीन हुँदै बाहिरिने पहिलो टिम बन्ने छ।


Published :फाल्गुन ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media