
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.५९ अंकले घटेको हो। यस दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ अंकमा अडिएको छ।
यसदिन ३२४ स्क्रिप्सको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२० वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज २ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। सालपा विकास बैंकको १० र रिलायन्स स्पाइनिङको सेयर ९.२६ प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा आँखुखोला शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड ४२ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।