एमाले दोलखाको पुनर्मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०८२

दोलखा। दोलखाको कम्युनिष्ट नेता शिव प्रसाद भण्डारी लगायत नेताहरूको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाको पुनर्मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

भण्डारी, जो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा दोलखाका कम्युनिष्ट आन्दोलनका संस्थापक नेतामध्ये एक मानिन्थे, उनको एमालेमा पुनः आगमनले जिल्लाको राजनीतिक माहोल थप तातेको छ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, केन्द्रिय सदस्य आनन्द पोखरेल, रचना खड्का, उर्मिला सुनुवार लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम दोलखा जिल्ला पार्टी हेडक्वार्टर, चरिकोटमा सम्पन्न भएको हो।

चुनावी माहोल तातेका बेला शक्तिशाली नेता भण्डारीसहित सयौँको संख्यामा एमाले प्रवेशले दोलखामा एमालेको जित सुनिश्चित देखिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपालका नेता विशाल काफ्ले खत्रीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा एमाले दोलखाले आफ्नो चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको थियो।


Published :फाल्गुन ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media