टी–२० विश्वकपः ह्यारीको शतकमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित

राष्ट्रपाटी न्युज

फाल्गुन १३, २०८२

काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । उनको शतक नै जितको मुख्य आधार बन्यो । उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरे ।

इंग्ल्यान्डको जितमा ज्याक्सले २८ रन, साम करनले १६, बेथेलले ८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका लागि फरानले ६३ रन, फखारल २५, बाबर अजामले २५, सादाबले २३ रन मात्रै बनाए ।

पाकिस्तानका लागि साहिन अफ्रिदीले ४ विकेट, नवाज र तारिकले समान २ विकेट लिए र अन्य बलरहरूले विकेटको खाता खोल्न सकेनन् । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको ब्रिटिस टोलीले १९ दशमलव १ ओभरमा १६६ रन बनाएर २ विकेटको जित हात पार्यो ।


Published :फाल्गुन १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media