मध्यपूर्वी द्वन्द्वको प्रभावः आइसीसी लिग २ प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

राष्ट्रपाटी न्युज

फाल्गुन २०, २०८२

काठमाडौं । आगामी हप्ता नेपालमा हुने आइसीसी लिग २ अन्तर्गतको प्रतियोगिता स्थगित भएको छ। नेपाल क्रिकेट संघले ओमान, युएई र नेपाल सम्मिलित लिग २ को प्रतियोगिता स्थगित गरेको हो।

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व चर्किएपछि क्यानले अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरेको हो। क्यानका अनुसार फागुन २६ गतेदेखि प्रतियोगिताको मिति तय भएको थियो।


Published :फाल्गुन २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media