
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ९ बजेसम्म देशका ५५ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ४४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् भने कांग्रेस एमाले धेरै पछि रहेका छन् ।
जसअनुसार नेपाली कांग्रेस ४ र नेकपा एमाले ४ र नेकपाका उम्मेद्वारले ३ स्थानमा अग्रता लिएका छन् ।