झापा-५ मा ओलीलाई झण्डै ५० हजार मतले हराउँदै बालेन निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६२४ मतको अन्तर रह्यो । यो मतान्तर झण्डै पचास हजार हो  ।

विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ।

बालेन्द्रले विजयी हुने क्रममा संसदीय इतिहासकै सर्वाधिक अर्थात् ६८ हजार ३४८ मत पाएका छन्, त्यो पनि ओलीकै गृहजिल्लामा ।

यससँगै ७३ वर्षीय ओलीको संसदीय राजनीतिक यात्रामा करिब पूर्णविराम लागेको छ । उता बालेन्द्र भने रास्वपालाई झन्डै दुईतिहाइ संसदीय सिट दिलाउन सफल भएसँगै भावी प्रधानमन्त्रीका रुपमा अग्रस्थानमा देखिएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत ल्याएका छन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले एक हजार ८२१, नेकपाका रञ्जित तामाङले एक हजार ४६१ र राप्रपाका लक्ष्मी सङ्ग्रौलाले एक हजार ५३६ मत ल्याएका छन्।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media