सुनसरी –१ बाट श्रम संस्कृतिका अध्यक्ष हर्कराज राई निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २४, २०८२

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् ।


Published :फाल्गुन २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media