समानुपातिकतर्फको मतगणना जारी, साढे ५० लाख मतसहित रास्वपा अगाडि, अरुको कति ?

राष्ट्रपाटी न्युज

फाल्गुन २६, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म एक करोड पाँच लाख ३४ हजार ४५१ मतगणना भएको छ । देशभर समानुपातिकमा जम्मा एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको थियो।

आयोगका अनुसार अब लगभग चार लाख मत गन्न बाँकी छ। अहिलेसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ४७ हजार ९४९ मत प्राप्त गर्दै पहिलो स्थानमा छ। नेपाली कांग्रेसले १७ लाख ११ हजार ६८८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले सात लाख ७८ हजार १६५ प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीको तीन लाख ६७ हजार १३ मत आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी तीन लाख २६ हजार ९१५, जनता समाजवादी पार्टी नेपालको एक लाख ७३ हजार ६७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ६७ हजार ४०९ र जनमत पार्टीले ७७ हजार ९६१ मत पाएको छ।

मतगणना जारी छ। भोलिसम्म सम्पूर्ण मतगणना पूरा हुने निर्वाचन आयोगले जनाएको छ ।


Published :फाल्गुन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media