समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले पायो ५१ लाख ३९ हजार मत, अन्य दलको कति ?

राष्ट्रपाटी न्युज

फाल्गुन २७, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।

बुधबार बिहान गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ देशभरको मतगणना पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम जारी छ।

मतगणना सम्पन्न भएसँगै अब समानुपातिकतर्फ राजनीतिक दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने तयारी सुरु भएको आयोगले जनाएको छ। केही दिनभित्रै सिट बाँडफाँडको प्रक्रिया टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ।

आयोगको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ । कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७५३, श्रम संस्कृति पार्टीले ३ ला ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार अन्य दलहरू भने थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन्।


Published :फाल्गुन २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media