आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन पेस

राष्ट्रपाटी न्युज

चैत्र ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागी परेर  निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।


Published :चैत्र ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media