बागमती प्रदेशको सामाजीक संजाल प्रयोग सम्बन्धी सात दिने अभिमुखीकरण कार्यक्रम शुरु

राष्ट्रपाटी न्युज

चैत्र ६, २०८२

काठमाडौं।काठमाडौंमा सामाजीक संजाल प्रयोग सम्बन्धी सात दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा संचालन भैरहेको उक्त कार्यक्रमको आयोजना सुर्य किरण महिला विकास केन्द्र बुढानिलकण्ठ -११ ले गरेको छ भने यसको प्रायोजन बागमती प्रदेशको सामाजिक विकास कार्यालय भैंसेपाटीले गरेको छ।

बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी, नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण भट्टराई,सुनिता गुरुङ , प्रशिक्षकहरु लगायत उल्लेख्य संख्यामा स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो। सुर्य किरण महिला विकास केन्द्रकी अध्यक्ष कन्चन बास्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा,बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी, नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण भट्टराईले आफ्नो मन्तव्य राखेका थिए।

सात दिन सम्म निरन्तर चल्ने यस कार्यक्रममा सामाजिक संजाल प्रयोग र महिला हिम्साबाट बच्ने उपायसंग सम्बन्धित विभिन्न विषयहरुमा दिनको दुइपटक विषय विज्ञहरुबाट प्रशिक्षण कार्यक्रम संचालन भैरहेको छ ।


Published :चैत्र ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media